सूचनाको शक्ति - The Power Of Information

        

म्युजिक भिडियोबाट फिल्मतिर गरिमाको ह्याट्रिक

म्युजिक भिडियोबाट उदाएकी मोडल गरिमा शर्माले एकपछि अर्को फिल्ममा काम गरिरहेकी छिन् । करिअरको छोटो समयमा नै गरिमाले तीन वटा फिल्ममा काम गर्ने पक्का भैसकेको छ । यस अर्थमा गरिमाको फिल्ममा काम गराइको हिसाबले ह्याट्रिक भएको छ ।

गरिमाले डेब्यू फिल्मको रुपमा ‘लण्डन टू पेरिस’मा काम गरिन् । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको यो फिल्म कहिले रिलिज हुन्छ पत्तो छैन । तर, गरिमाले फिल्ममा कविर खड्कासँग रोमान्स गरिसकेकी छिन् ।

यस्तै, गरिमाले दोश्रो फिल्मको रुपमा ‘ह्रस्व दीर्घ’मा काम गरिन् । नीता ढुंगाना फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मको पहिलो चरणको छायांकन सकिएको छ । फिल्ममा गरिमाको भूमिका के हो भन्ने खुलेको छैन ।

उनै, गरिमाले नयाँ फिल्म ‘दौतरी’मा मुख्य नायिकाको रुपमा काम गर्ने पक्का भएको छ । नायकद्धय आर्यन सिग्देल र मुकुन भुषालको मुख्य भूमिका रहने फिल्ममा गरिमा अनुबन्धित भएकी हुन् । मधुसुदन भट्टराइले यो फिल्मको निर्देशन गर्दैछन् ।

फिल्ममा नायिकाको रुपमा अब गरिमा र साक्षी लम्सालले काम गर्नेछन् । यो फिल्मको छायांकन बैशाखको अन्तिम साताबाट सुरु गर्ने तयारी निर्माताको छ । यसरीहेर्दा, गरिमाले एकपछि अर्को फिल्ममा काम गरिरहेकी छिन् । तर, अब गरिमाका यी सबै फिल्मले बक्स अफिसमा कस्तो व्यापार गर्छन्, त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १३:०४