सूचनाको शक्ति - The Power Of Information

        

आईपीएल : दिल्लीले गुजरातलाई हरायो

भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) टि ट्वान्टी क्रिकेटमा पुछारमा रहेको दिल्ली क्यापिटल्सले शीर्ष स्थानको गुजरात टाइटन्सलाई हराएको छ ।

मंगलबार राति गुजरातको मैदान नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा दिल्लीले गुजरातलाई ५ रनले हराएको हो ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रन मात्र बनायो ।

गुजरातका लागि कप्तान हार्दिक पान्ड्याले अविजित ५९, अभिनव मनोहरले २६ तथा राहुल तिवातियाले २० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

दिल्लीका लागि खलिल अहमद र इशान्त शर्माले समान २/२ तथा एनरिच नोर्किया र कुलदिप यादवले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।

दिल्लीका लागि अमन खानले अविजित ५१, अक्षर पटेलले २७, रिपल पटेलले २३ तथा प्रियम गर्गले १० रन बनाए ।

गुजरातका लागि मोहम्मद सामीले ४, मोहित शर्माले २ तथा राशिद खानले १ विकेट लिए ।

आईपीएल क्रिकेटको जारी सिजनमा ९ खेल खेल्दा दिल्लीको यो तेस्रो जित हो भने लिग लिडर गुजरातको तेस्रो हार हो ।

हारपछि पनि ९ खेलबाट १२ अंकसहित गुजरात शीर्ष स्थानमै छ । कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरवादसँग समान ६ अंक भएपनि दिल्ली क्यापिटल्स रनरेटका आधारमा पुछारमै छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार ०८:०६