सूचनाको शक्ति - The Power Of Information

        

नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार पक्राउ

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै करोडौं रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न डा. इन्द्रजित राई पक्राउ परेका छन् । सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएपछि मंगलबार बिहान प्रहरीले राईलाई ललितपुरबाट पक्राउ गरेको हो ।

२०७४ फागुनदेखि २०७८ असारसम्म रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा राई उनको सुरक्षा सल्लाहकार थिए । सोही समय राईले नक्कली भुटानी शरणार्थी बन्न प्रतिव्यक्ति ५० लाखसम्म असुलउपर गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यसअघि पक्राउ परेका केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेलले दिएको बयानका आधारमा राईलाई पक्राउ गरिएको हो । उक्त गिरोहका मुख्य योजनाकार राई रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका राइमाथि थप अनुन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार ११:१३