सडक भासिएपछि सोमबार दिउँसोदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ ।
सोमबार दिउँसो ४ बजेदेखि अवरुद्ध सडक आज बिहान १० बजेदेखि एकतर्फी खुलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ । धार्केको गणेशखोलाको पुलमा भ्वाङ्ग परेपछि १८ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा कतिपय साना सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका थिए ।
काठमाडौं आउने सवारी साधनले गल्छी हुँदै नुवाकोटको बाटो र काठमाडौं बाहिर जाने सवारी साधनले त्रिभुवन राजपथ हुँदै हेटौंडाको बाटो प्रयोग गरिररहेका थिए । ठूला सवारी साधनहरू भने जाममा परेका छन् । सडक मर्मतका लागि नेपाली सेना परिचालन गरिएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं