सूचनाको शक्ति - The Power Of Information

        

पहिरोले नौबिसे-मुग्लिन सडक सोमबारदेखि अवरुद्ध, खुलाउन सेना सक्रिय

गणेश खोलामा आएको पहिरोका कारण अवरुद्ध नौबिसे-मुग्लिन सडक सोमबार दिउँसोदेखि अवरुद्ध भएको छ।

धुनीबेसी- ६ स्थित गणेश खोलामा आएको पहिरोको कारण पृथ्वी राजमार्गअन्तर्रगत नौबिसे-मुग्लिन सडकखण्ड सोमबार दिउँसो करिब ४:३० बजेदेखि अवरुद्ध भएको हो।

लगातारको वर्षासँगै खोलाको वहाव बढी सडक अवरुद्ध हुँदा त्यहाँ हुँदै आवत-जावत गर्ने सवारी एवम् सर्वसाधारणको दैनिकी प्रभावित भएको छ।

सडक खुलाउनका लागि नेपाली सेनाले सैनिक इन्जिनियर टोली खटाएको छ। उक्त टोलीले सोमबारदेखि नै निरन्तर मर्मत कार्य गरिरहेको र रातभर करिब १० फिट तलबाट ग्याविन वायर लगाइ माटो तथा ढुंगा भर्ने कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार ०८:५९