सूचनाको शक्ति - The Power Of Information

        

हुम्लामा गयो भूकम्प

हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार दिउँसो भूकम्पको एउटा धक्का मापन गरिएको हो ।

दिउँसो २ बजेर ३५ मिनेटमा हुम्लाको लाली आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यसअघि गएको शनिबार बिहान ११ बजेर २८ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएको ३.६ म्याग्निच्युडको कम्पन मापन गरिएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १८:०२