बाँकेको कोहलपुरमा २० वर्षीया युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । कोहलपुर २ बर्दहवामा २० वर्षीया युवती प्रिती थारु घरमै मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ।
घटना गएराति अन्दाजी १२ बजे तिरको हो । युवती मृत अवस्थामा फेला परेको घटना शंकास्पद रहेको हुँदा प्रहरीले मृतकका श्रीमान्, ससुरा र जेठाजुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रहरीका अनुसार मृतकले आत्महत्या गरेको हो कि हत्या नै हो भन्ने पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै थाहा हुने कोहलपुर प्रहरीले जानकारी दिएको छ ।
घटना गएराति भए पनि हिजो बिहान मृतक प्रितिलाई श्रीमानसहित घरपरिवारका सदस्यले कुटपिट गरेको खुल्न आएको कोहलपुर प्रहरीले जानकारी दिएको छ ।
उनीहरुसँग पनि अनुसन्धान भइरहेकाले घटनाको बारेमा चाँडै जानकारी मिल्ने इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
सत्यपाटी संवाददाता । बाँके