सूचनाको शक्ति - The Power Of Information

        

सडकमा थुपारेको गिट्टीमा मानिसको टाउको भेटिएपछि…

बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ । पाटन नगरपालिका–६ स्थित पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आज दिउँसो मान्छेको टाउको भेटिएको हो ।

गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको हो । त्यस ठाउँमा टाउकोमा कपाल समेत रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।

उनले भने, ‘टाउको भेटिए पनि महिला वा पुरुष कसको हो भन्ने चिन्न नसकिने अवस्थामा छ ।’ गिट्टी कुन ठाउँबाट ल्याइएको हो भन्ने खुल्न नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १७:०५