सूचनाको शक्ति - The Power Of Information

        

डुडुवाको शाहपुर्वामा स्वस्थ जीवनशैलीबारे अभिमुखीकरण

बाँके डुडुवा गाउँपालिका–०४ शाहपुर्वामा पालिका स्तरीय स्वस्थ जीवनशैली अभियान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नागरिक आरोग्य कार्यक्रम अन्तर्गत बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्ज बाँकेले कार्यक्रमको आयोजना गरेको थियो ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जका कार्यालय प्रमुख डा. अनिल कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीका रुपमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, डुडुवा गाउँपालिका उपाध्यक्ष साहिदा बानो विशिष्ट अतिथीका रुपमा सहभागि भएकी थिईन् ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जको स्वीकृत वार्षिक कार्यक्रम अनुसार नागरिक आरोग्य कार्यक्रम पालिका स्तरीय स्वस्थ जीवनशैली अभियान तथा अभिमुखिकरण कार्यक्रम गरिएको थियो ।

कार्यक्रमका सहभागिहरुलाई  नसर्ने रोगहरुको न्युनिकरण, उचाई र तौल अनुसार परिक्षण, सुगर परिक्षण गर्दै मानिसको आहार विहार, प्राकृतिक खाने कुराहरुको बारेमा जानकारी दिइएको थियो ।

‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ नाराका साथ गरिएको अभिमुखिकरण कार्यक्रममा मानिसको जीवनशैलीलाई कसरी स्वस्थ बनाउने, प्राकृतिक उपचार पद्धति, योगहरुका बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद गुरुङ, वडा नम्बर १ अध्यक्ष पटेश्वर कुर्मी लगायतको उपस्थिती रहेको थियो ।

पालिका स्तरीय स्वस्थ जीवनशैली अभियान तथा अभिमुखीकरण कार्यक्रमको उद्देश्य र विषयवस्तुको बारेमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जकी डा.गीता रेग्मी र कार्यालय प्रमुख अनिल कुमार चौधरीले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार ०९:०७