सूचनाको शक्ति - The Power Of Information

        

कोलकातालाई हराउँदै गुजरात शीर्ष स्थानमा उक्लियो

कोलकाता नाईट राईडर्सलाई हराउँदै साविक विजेता गुजरात टाईटन्स भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ ।

कोलकाताको घरेलु मैदान ईडन ग्राडेनमा शनिबार भएको खेलमा कोलकातालाई ७ विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो ।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

गुजरातका लागि विजय शंकरले अविजित ५१, शुभमन गिलले ४९, डेबिड मिलरले अविजित ३२ तथा कप्तान हार्दिक पान्ड्याले २६ रन बनाए ।

कोलकाताका लागि हर्षित राणा, सुनिल नारेन र आन्द्रे रसेलले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

कोलकाताका रहमनउल्लाह गुर्बाजले ८१, आन्द्रे रसेलले ३४, नारायण जगदिशनले १९ तथा रिंकु सिंहले ११ रन बनाए ।

गुजरातका लागि मोहम्मद सामीले ३ तथा जोसवा लिटिल र नूर अहमदले समान २/२ विकेट लिए ।

गुजरात १२ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । राजस्थान १० अंकका साथ दोस्रो स्थानमा छ । कोलकाता भने ६ अंकका साथ सातौं स्थानमा छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतवार ०८:१७