सूचनाको शक्ति - The Power Of Information

        

आज स्वदेश फर्किँदै सांसद चन्द्र भण्डारी

सांसद चन्द्रकान्त भण्डारी आज स्वदेश फर्कदैछन् । गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ आगालागीमा परी गम्भीर घाइते भण्डारी झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् ।

प्रतिनिधिसभा सदस्य भण्डारी आज दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत उनी स्वदेश फर्कन लागेका कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए । उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अबतरण गर्नेछन् ।

नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद भण्डारी झन्डै तीन महिनादेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत थिए । उनका अनुसार भण्डारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको जनाइएको छ । पछिल्लो समयमा उनी बोल्ने र हिँड्न सक्ने भएका छन् ।

सो आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो । उनलाई भने थप उपचारका लागि भारत लगिएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतवार ०७:१४