सूचनाको शक्ति - The Power Of Information

        

आइरनको कमिले निम्तिन्छन् यस्ता शारीरिक समस्या

हेमोग्लोबिन एक किसिमको प्रोटिन हो जसले हाम्रो फोक्सोबाट अक्सिजन हाम्रो शरीरका तन्तुहरूमा पुर्याउँछ र राम्रो प्रतिरक्षा प्रदान गर्छ । यसका साथै हाम्रो थकान पनि कम हुन्छ ।

यद्यपि, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार अनुमानित १.६२ बिलियन अर्थात् विश्वको जनसंख्याको २४.८ प्रतिशत मानिस फलामको कमी वा एनिमियाबाट प्रभावित छन् ।

पर्याप्त हेमोग्लोबिन बिना तन्तु र मांसपेशिमा ऊर्जाको कमी देखापर्छ । यसका साथै मुटुले अक्सिजनयुक्त रगतलाई शरीरको वरिपरि घुमाउन कडा मेहनत गर्नुपर्छ । यसले थकान निम्त्याउँन सक्छ, जसले चिडचिडापन निम्त्याउँछ र ध्यान केन्द्रित गर्न गाह्रो बनाउन सक्छ ।

शरीरमा आइरनको कमीका देखिने लक्षण

१. आलस्य
२. सास फेर्न कठिनाई
३. थकान
४. एनीमिया
५. ध्यान केन्द्रित गर्न कठिनाई

आइरनको कमीका कारण देखिने केही सामान्य लक्षण थकान, कमजोरी, रंगहिन छाला, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, टाउको दुख्ने, हात खुट्टा चिसा हुने तथा कमजोर प्रतिरक्षा प्रणाली हुन् ।

आइरनको कमी हुनुको कारण ?

महिला र पुरुष दुवै आइरनको कमीले ग्रस्त हुन सक्ने भए पनि महिलाहरूलाई पुरुषको तुलनामा आइरनको कमी हुने सम्भावना बढी हुन्छ किनभने उनीहरूले महिनावारीको समयमा रगत गुमाउँछन् । गर्भावस्था र बच्चा जन्माउँदा पनि आइरनको कमी हुन सक्छ ।

आइरनको कमी भए के गर्ने ?

यदि आइरनको कमी भएको शंका छ भने आफ्नो डाक्टरसँग कुरा गर्नुहोस् र पत्ता लगाउन रगत परीक्षण गराउनुहोस् । शरीरमा आइरनको स्तर बढाउन मद्दत गर्न आइरन सप्लिमेन्टहरू पनि सिफारिस गरिन्छ ।

रातो मासु, सिमी, दाल, पालुंगो तथा अन्नजस्ता आइरनयुक्त खाद्य पदार्थले पनि यसको कमी रोक्न मद्दत गर्न सक्छन् । ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुरा के पनि हो भने आइरनको बढि उपभोग स्वास्थ्यका दृष्टिले हानिकारक हुनसक्छ, त्यसैले कुनै पनि आइरन सप्लिमेन्ट सुरु गर्नुअघि स्वास्थ्य विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।

शरीरमा किन आवश्यक छ आइरन ?

शरीरमा आइरन कम वा बढी हुनु दुवै अवस्था हानिकारक हुन सक्छ । आइरनको कमीले एनिमिया लगायत समस्याले पिरोल्ने गर्छ । पुरुषको तुलनामा महिलामा आइरनको कमी बढी देखिने गर्छ ।

  • आइरनबिना शरीरमा हेमोग्लोबिन बन्न सक्दैन । हेमोग्लोबिनबाट रगतलाई रातो रङ प्राप्त हुन्छ ।
  • शरीरमा आइरन बढी हुँदा मधुमेह, मुटुसम्बन्धी समस्या, पाचन प्रक्रियाको समस्या आदि देखिन सक्छ ।
  • आइरनको कमी हुँदा सबैभन्दा ठूलो त एनिमियाको खतरा रहन्छ । यो समस्या महिलामा बढी देखिन्छ । खानपानमा ध्यान नदिँदा, महिनावारीमा बढी रक्तस्राव हुँदा शरीरमा रगतको कमी हुन्छ । यसले गर्दा श्वास तथा मुटुसम्बन्धी समस्या देखिन सक्छ । चाँडै थाक्ने, छालाका रङ हल्का पहेँलोजस्तो देखिने, टाउको दुख्ने, आँखामुनि कालो घेरा हुने, महिनावारीमा पेट बढी दुख्नेलगायत हुन सक्छ ।
  • शरीरमा आइरनको परिपूर्तिका लागि प्रशस्त हरियो सागतरकारी खानुपर्छ । पालुङ्गो, गोलभेँडा, सिमी, काँक्रो लगायत खानुपर्छ ।
  • चुकन्दरले रगतमा हेमोग्लोबिन निर्माण गर्छ । चुकन्दरमा मात्र नभई त्यसको पातमा पनि आइरन पाइन्छ । चुकन्दरको जुस, सुप, सलाद दिनहुँ खाँदा राम्रो हुन्छ ।
  • अनारमा आइरन, क्याल्सियम, सोडियम, म्याग्नेसियम, पोटासियम लगायत पाइन्छन् । हरेक दिन अनारको जुस खाँदा शरीरमा रगतको सञ्चालन राम्ररी हुन्छ ।
  • बदाम, किसमिस आदिमा पर्याप्त मात्रामा आइरन पाइन्छ । हरेक दिन दूधसँग खजुर खाँदा शरीरलाई फाइदा पुग्छ । यसले शरीरलाई भरपूर आइरन दिन्छ ।
  • अण्डामा प्रोटिन, भिटामिन, आइरन लगायत तत्त्व पाइन्छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार ०८:४७