सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी सरकारका लागि आज दाबी पेस गरिँदै

लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दाबी पेस गरिने भएको छ । मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज दाबी पेस गरिन लागिएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न २०८० वैशाख १४ गते बिहीबार ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरिए अनुसार आज राजनीतिक दलहरूले दाबी पेस गर्न लागेका हुन् ।

मुख्यमन्त्री शेरचनले गत मंगलबार सो सूचना जारी गरेर दाबी पेस गर्न भनेका हुन् । नयाँ सरकारका लागि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले दाबी गरेका छन् । तर, कसको नेतृत्वमा सरकार गठन हुने हो ? त्यो भने अझै टुंगो लागेको छैन ।

एक महिना अघि भने कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेस गरेका थिए । यद्यपि दुवै दलका नेताले सहमतिमा नै सरकार गठनका लागि दाबी पेस गर्ने जनाउँदै आएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार ०७:२२