सूचनाको शक्ति - The Power Of Information

        

बाग्मती प्रदेशकाे चालु अधिवेशन राति १२ बजेदेखि अन्त्य

बाग्मती प्रदेशको चालु अधिवेशन आज बुधवार राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।

आज मन्त्रिपरिषद्ले पठाएको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बाग्मती प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको हो । प्रदेश प्रमुख सचिवालयबाट बैठक अन्त्य भएको सूचना प्रदेश सभामा प्राप्त भएको प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो ।

प्रदेश सभाको दोस्रो कार्यकालको पहिलाे बैठक गएकाे पुस १८ गते बसेकाे थियाे ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १९:११