सूचनाको शक्ति - The Power Of Information

        

रास्वपाका उम्मेदवार रमेश खरेलको जमानत जफत

बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ । निर्वाचनमा कूल सदर मतको १० प्रतिशत मत नपाउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ ।

उपनिर्वाचनमा ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएका छन् । जमानत जोगाउन ६ हजार ८२० मत चाहिन्थ्यो । तर रास्वपा उम्मेदवार खरेलले २ हजार ८२९ मत मात्रै पाएका छन् । यससँगै खरेलको जमानत जफत भएको छ ।

बारा उपनिर्वाचनमा खरेलसँगै अन्य ३१ उम्मेदवारको जमानत जफत भएको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ । उपनिर्वाचन भएका तनहुँ र चितवनमा रास्वपाले सानदार जीत हात पारेको बेला बारामा भने जमानत जफत भएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ०९:०२