सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभाबाट आज अध्यागमन विधेयक पारित गरिने

राष्ट्रियसभाको बैठक पनि आज बस्ने भएको छ।

दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यसैगरी आजको बैठकमा ‘सुदृढ अर्थतन्त्र निर्माणको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुनेछ।

यस्तै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘अध्यागमन विधेयक २०७६ ’ छलफल र पारितका लागि पेस गर्ने कार्यसूची  संसद् सचिवालयले सार्वजनिक गरेको छ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ०८:२८