सूचनाको शक्ति - The Power Of Information

        

सरकारलाई दिएको समर्थन फिर्ता लिने रविको संकेत

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् ।

चितवन–२ मा आइतबार प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा आफ्नो जित सुनिश्चित भइसकेपछि मतगणास्थलमा पुगेका लामिछानेले पत्रकारसँग कुरा गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन् ।

‘हामी सरकारमा जाने अवस्था छैन, सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे सोचिरहेका छौं, पार्टीबाट निर्णय गर्छौं,’ उनले भने । साथै सरकारले ठूला भ्रष्टाचारको फाइल नखोल्ने नीतिगत निर्णय गरेपछि सरकारलाई दिएको समर्थनको औचित्य नरहेको उनको भनाई थियो ।

‘सरकारले ठूला भ्रष्टाचारको फाइल नखोल्ने नीतिगत निर्णय गरिसक्यो । अब हामीले सरकारलाई दिएको समर्थनको औचित्य छैन । यसबारे चाँडै निर्णय लिन्छौं,’ उनले भने । पछिल्लो मत परिणाम अनुसार लामिछानेले निकतटम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपानेलाई भारी मतान्तरले पछि पारेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १०:११