सूचनाको शक्ति - The Power Of Information

        

जनताले दिएको मतको गुन विकास गरेर तिर्छु : स्वर्णिम वाग्ले

तनहुँ-१ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् ।

निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताएका हुन् ।

आफूले तनहुँको मात्र नभई देश विकासका मुद्दा उठाउने उनले बताए । ‘स्थानीयमात्र नभई देशको मुद्दासमेत उठाउनेछु,’ उनले भने, ‘जनताले दिएको मतको गुन यहाँको विकास गरेर तिर्नेछु ।’

सांसद वाग्लेले आफूले तनहुँले गर्व गर्न लायक काम गर्ने प्रतिबद्धता पनि जनाए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार ०९:४१