इंग्लिस क्लब टोटनह्यामले अन्तरिम प्रशिक्षक क्रिस्टियन स्टेलिनीलाई बर्खास्त गरेको छ ।
प्रिमियर लिग अन्तर्गत आइतबार राति न्यूक्यासल युनाइटेडसँग ६–१ लज्जास्पद हार भोगेको एक दिनपछि टोटनह्यामले अन्तरिम प्रशिक्षक स्टेलिनीलाई बर्खास्त गरेको हो ।
मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छाडेपछि २६ मार्चमा स्टेलिनी अन्तरिम प्रशिक्षक नियुक्त भएका थिए ।
टोटनह्यामले अब रायन मेसनलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ ।
यस्तै, टोटनह्यामले टोलीका लागि मुख्य प्रशिक्षक खोजी गरिरहेको बताएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ