सूचनाको शक्ति - The Power Of Information

        

आज वैशाख १२ गते कस्तो रहनेछ तपाईंको राशिफल ?

२०८० वैशाख १२ गते, मंगलवार, २५ अप्रिल २०२३ । वैशाख शुक्लपक्ष पञ्चमी तिथि, १०ः१४ बजेदेखि षष्ठी । आर्द्रा नक्षत्र । चन्द्रराशि– मिथुन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल प्राप्त हुनेछ । विशेष उपहार हातलागी होला । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् । बिछोडिएका आफन्तसँग भेटघाट होला । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला । सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ । उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ । आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ । पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नयाँ काम प्रारम्भ हुनेछ र आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । व्यापारमा पनि बढी नै फाइदा हुनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । दिगो कामका लागि लगानी बढाउन सकिनेछ । काम बन्नाले राम्रै लाभ हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । मिहिनेत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । कीर्तिमानी काम गर्ने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । सामाजिक दायित्व बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । लगानीमा जोखिम बढ्ने समय छ । गोपनीयता बाहिरिन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । श्रम परे पनि मिहिनेतको उचित मूल्य प्राप्त हुनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले पछिका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ । आम्दानी बढाउने काम सुरु हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । साथीभाइको सहयोगले उत्साह मिल्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

काम बन्नुका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् । पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

मेहनतले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ । व्यापारमा पनि सामान्य फाइदा हुनेछ । तारिफयोग्य कामले अरूको समेत उपकार गर्न सकिनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अनावश्यक हल्लाको पछि लाग्दा दुःख पाइनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउला । साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ । व्यावसायिक काममा चुनौती देखिए पनि घरमा लक्ष्मी भित्र्याउने समय छ । अरूको सुझावमा भर नपर्नुहोला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार ०७:३४