सूचनाको शक्ति - The Power Of Information

        

बारा २ मा फेरि उपेन्द्र यादवलाई अग्रता

 बारा २ को उपनिर्वाचनको मतगणनामा पुन: जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन् ।

सोमबार दिउँसो सार्वजनिक पछिल्लो मत परिणाम अनुसार यादवले १३९० मत पाउँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १३०१ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६२९ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २५९ मत पाएका छन् । मतगणनाको सुरुवातमा जसपाका उपेन्द्र यादवले अग्रता लिएका थिए तर पछि शिवचन्द्रले अग्रता लिएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १७:४७