सूचनाको शक्ति - The Power Of Information

        

सन् २०२२ मा विश्वमा इतिहासकै बढी सैन्य खर्च भएको खुलासा

गत वर्ष विश्वमा इतिहासकै बढी सैन्य खर्च भएको खुलासा भएको छ ।

रुस–युक्रेन युद्ध चर्किएको वर्ष सन् २०२२ मा विश्वमा २२ खर्ब ४० अर्ब डलर भन्दा बढी रकम सैन्य क्षेत्रमा खर्च भएको एक अध्ययनले देखाएको हो । स्टकहोम पिस रिसर्च इन्स्टिच्यूटका अनुसार युरोपमा सबै भन्दा बढी अर्थात करिब १५ प्रतिशत सैन्य खर्च बढेको छ ।

त्यसमा पनि फिनल्याण्डको सैन्य खर्च ३६ प्रतिशत र लिथुआनियाको २७ प्रतिशतले बढेको सो संस्थाले जनाएको छ । यस्तै, अधिकांश पूर्वी युरोपेली देशहरुको सैन्य खर्च बढेको पाइएको छ ।

रुसको आक्रमणमा परेको युक्रेनको सैन्य खर्च अघिल्लो वर्षको तुलनामा ६ गुणा बढी भएको छ । युक्रेनले सन् २०२२ मा ४४ अर्ब डलर सैन्य खर्च गरेको थियाे ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ०९:१५