सूचनाको शक्ति - The Power Of Information

        

यी हुन् वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउने संस्था (सूचीसहित)

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाहरूको नवीकरण गरिएको सूची सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको सूची अनुसार २१५ संस्थाले नवीकरण गरेका छन् । वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ अनुसार प्रत्येक आर्थिक वर्षको पौष मसान्तभित्र नवीकरण गर्नुपर्ने हुन्छ ।

सोही आधारमा यो वर्षका लागि २१५ स्वास्थ्य संस्थाले नवीकरण गरेका हुन् । त्यसरी नवीकरण गर्ने स्वास्थ्य संस्थाहरूमा सबैभन्दा बढी काठमाडौँ उपत्यकामा रहेका छन् ।

१७४ वटा स्वास्थ्य संस्था काठमाडौँ उपत्यकाभित्रका रहेका छन् । ती बाहेक सुनसरी, झापा, चितवन, नेपालगन्ज, धनुषा, दाङमा रहेका छन् ।वैदेशिक रोजगारीमा जाँदा सरकारले तोकेका स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराउनुपर्ने कानुनी व्यवस्था छ ।

उनीहरूलाई हरेक वर्ष नवीकरण गराउँदै सोही आधारमा स्वास्थ्य परीक्षणको काम गराउँदै आएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ०८:५५