सूचनाको शक्ति - The Power Of Information

        

‘सेक्स’पछि यस्तो व्यवहारले दाम्पत्य जीवनमा रोमान्स

सेक्स गर्दाको समय मात्र नभएर सेक्स लगत्तैको समय पनि निकै महत्वपूर्ण हुने गर्छ । सेक्स सकिने बित्तिकै पाटर्नरमध्ये कुनै एक निदाउनु सम्बन्धका लागि राम्रो होइन् । सेक्स लगत्तैको समयलाई कसरी रोमांचित बनाउने भनेर केही तथ्य दिइएका छ ।

यी विषयले दाम्पत्य जीवन साँच्चिकै रमाइलो र रोमान्सपूर्ण बनाइदिन सक्छ । यौन सम्पर्क गर्दा धेरै मात्रामा क्यालोरी नष्ट हुने गर्छ । जसका कारण भोक लाग्नु स्वभाविक हो ।

यो अवस्थामा दुबै जना मिलेर फटाफट छिटो छरितो बनाउन सक्ने कुनै खाना तयार पार्नुपर्छ । यहि बेडमा बसेर एक अर्कामा शेयर गर्नुहोस् । यसले शारीरिक तथा मानसिक तागत बढाउन मद्दत गर्छ ।

कसिलो अंकमाल

यौन सम्पर्कपछि अलग दिसातर्फ फर्केर सुत्नु राम्रो होइन । बरु एकअर्काबीच अझै टाँसिएर वा कसिलो अंकमाल गर्दै कुराकानी गर्नुहोस् । कुराकानीमा पुराना याद ताजा गर्नुका साथै, पुराना डेट तथा मुमेन्टलाई सम्झिने गर्नुहोस् ।

सँगसँगै सावर लिनुहोस्

यौन सम्पर्कपछि सँगसँगै सावर लिनु वा हट टबमा समय बिताउँदा अझै निकट भएको महशुस हुन्छ । यसले दुबैको सम्बन्धलाई अझ उचाइमा पुर्याउन मद्दत गर्छ ।

सँगै फिल्म हेर्नुहोस्

यौन सम्पर्कपछि तत्काल बाहिर जाने काम छैन वा मन छैन भने दुबै जनाले सँगै बसेर फिल्म हेर्नु राम्रो मानिन्छ । सम्बन्ध प्रगाढ बनाउने यसले ठूलो भूमिका निर्वाह गर्छ । तर फिल्म दुवैलाई मनपर्ने खालको हुनु जरुरी छ ।

एक अर्काको शरीरमा मालिस गर्नुहोस्

सेक्सपछि पनि एक अर्काबीच शारीरिक तथा मानसिक सम्बन्ध बनाइराख्नको लागि एकले अर्कोको शरीरमा मालिस अर्थात मसाज गर्ने गरौं । यसका लागि फूल बडी मसाज गर्न सके झनै राम्रो नभए हेड मसाज मात्रै गर्दा पनि राम्रो हुन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार १७:२६