सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु

बाँकको भेरी अस्पताल नेपालगन्जमा कोरोनाबाट कोभिड भाइरस सङ्क्रमणबाट एकजनाको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पताल प्रशासनले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको थियो ।

उनलाई यही वैशाख १ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उनलाई दमको पनि समस्या रहेको बताइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार १५:४३