सूचनाको शक्ति - The Power Of Information

        

एक लाख बाँदर चीन निकासी गर्दै श्रीलंका

श्रीलंकाले एक लाख बाँदर चीन निकासी गर्ने भएको छ । चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले एक लाख बाँदर चीनमा निकासी गरेर अर्थतन्त्रमा सानो योगदान गराउने छ । चीनको जुलजिकल गार्डेनको माग अनुसार एक लाख बाँदर चीन पठाइन लागिएको हो ।

श्रीलंकाबाट लगिने बाँदर चीनका एक हजार चिडियाघरमा राखिनेछ । श्रीलंकाको कृषि मन्त्रालयका वरिष्ठ अधिकारी गुणादास समरसिंघे विश्वमै दुर्लभ बाँदरको रूपमा रहेको टोकमकाकी प्रजातिलाई चीनमा निकासी गर्नका लागि यसअघि पशुपक्षी निकासीमा लगाउँदै आएको प्रतिबन्ध सम्बन्धी आवश्यक कानुन संशोधन पनि गरिसकेको छ ।

श्रीलंकमा बाँदरको बढ्दो संख्याका कारण बालीनालीमा व्यापक रूपमा क्षति हुँदा किसानलाई मर्का परेको तथा श्रीलंकाको खाद्य चक्रमा नै असर गरिरहेको अवस्थामा बाँदर निकासी हुन लागेको अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय श्रीलंकामा बाँदरको संख्या बढेर २५ देखि ३० लाख पुगेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १४:१४