सूचनाको शक्ति - The Power Of Information

        

निहारिकाले विष सेवन गरेको नाटक गरेपछि…

जनकपुरधाम उपमहानगरपालिका ४ विषहरा मिट क्याम्पसको छेउमै रहेको डेरामा निहारिका राजपुत अचेत अवस्थामा फेला परेकी छिन् । कुमारी आमाका रूपमा चिनिने उनी बिहीबार अचेत अवस्थामा फेला परेपछि प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल लगेको छ ।

स्थानीयले निहारिका डेरामै छटपटाइरहेको भनेर प्रहरीलाई खबर गरेका थिए । डेरामा बस्ने छिमेकीलाई निहारिकाले ‘मलाई विष खुवायो’ भनेर अन्तिम शब्द बोल्दै ढलेको नाटक गरेकी थिइन् । तर जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतमले उनले विष नखाएको बताए ।

‘विष सेवन गरेको आशंका गरिएको थियो तर अस्पतालले त्यस्तो केही छैन, अवस्था सामान्य छ,’ डीएसपी गौतमको भनाइ छ । निहारिकाले करिब तीन महिनाअघि शिवराजसँग विवाह गरेकी थिइन् । स्रोतका अनुसार निहारिका र शिवराजको सम्बन्ध बिग्रिन थालेपछि उनले यस्तो नाटक गरेकी हुन सक्छिन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ११:०९