सूचनाको शक्ति - The Power Of Information

        

‘सेक्स’ गर्नेमा सम्बन्धविच्छेद गरेका धेरै

एउटा नयाँ मत सर्वेक्षणका अनुसार विवाहित वा एक्लै बस्नेको तुलनामा सम्बन्ध विच्छेद गरेकाहरु बढी सेक्स गर्छन । सर्वेका अनुसार बेलायतमा ११ प्रतिशत सम्बन्ध विच्छेद गरेकाहरु एक महिनामा करिब २१ पटकभन्दा बढी सेक्स गर्दछन् ।

जबकि विवाहित वा एक्लै बस्ने वा विधवा आदि श्रेणीका मानिस कमै सेक्स गर्छन । सर्वेबाट फुल टाइम जागिर खानेहरुको तुलनामा अवकाश प्राप्त मानिसहरु दिनमा कमसेकम दुई पटक यौन आनन्द उठाउने गरेको पनि खुलासा भएको छ ।

द सण्डे टेलिग्राफको स्टेला म्याग्जिनका लागि गरिएको यो सर्वेमा यो सबै कुराको खुलासा भएको हो । सर्वेमा १८०० जना बेलायती नागरिकलाई सहभागी गराइएको थियो । अनलाइन पोलिङ्गको माध्यमबाट गरिएको यो सर्वेमा ५५ वर्षमाथिका करिब २२ प्रतिशत बेलायती नागरिकले आफ्नो यौन शक्ति बढाउनका लागि कुनै न कुनै प्रकारको औषधि प्रयोग गर्ने गरेको खुलासासमेत भएको छ ।

साथै ३७ प्रतिशत महिलाहरु सेक्स खेलौना प्रयोग गर्दछन् । करिब ७० प्रतिशत पुरुष यौन सामग्री हेर्न मन पराउँछन् । त्यस्तै २५ देखि ३४ वर्ष उमेर समूहका मानिस हरेक २० मध्ये एकले समान लिङ्गीसँग यौन सम्बन्ध कायम गरेका थिए । करिब ६८ प्रतिशत सम्बन्ध विच्छेद गरेका विवाहित या एक्लै बस्नेहरुको तुलनामा महिनामा ६ देखि २० पटकसम्म यौन क्रियामा लिप्त रहेका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार ०९:२२