नेपाल टेलिकम एनसेल सिममा फोन व्यस्त हुँदा, फोन सम्पर्क नहुँदा, स्विच अफ हुँदा वा कुनै कारणले सम्पर्क नहुँदा अथवा अन्य सेवा लिन खोज्दा फोनमा महिलाको स्वर बजेको त तपाइ हामी सबैले सुन्दै आएका छौं ।
उनीहरूले दिने रेकर्ड गरिएका सन्देश सुनेर हामीहरू धेरै प्रयोगकर्ताहरू झर्को मानेका हुन्छन् । तर केही मानिसहरूलाई उनीहरू को हुन्, कहाँका हुन् मनमा जिज्ञासा लागी रहेको हुन्छ । ‘तपाइले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ । केही समयपछि पुनः डायल गर्नुहोला ।’
यो आवाज नेपाल टेलिकममा सुनिने यो आवाज अनुपा कर्माचार्यको हो । नेपाल टेलिकमले मोबाइल सेवाका लागि सन्देश रेकर्ड गराउन कलाकारको खोजी गरेको थाहा पाएपछि उनले आफ्नो स्वर रेकर्ड गरेर पठाइन् । अरू केही कलाकारसँगै उनको स्वर पनि छानियो ।
उनै कर्माचार्यको स्वर अहिलेसम्म पनि बजिराखेको छ । त्यस्तै टेलिकममा बज्ने स्वरमध्ये भूमिका थापाको स्वर पनि हो । उनले रेकर्ड गराएको सन्देश अङ्ग्रेजी भाषामा बज्छ । पछि सुरु भएको अर्को निजी दूरसञ्चार कम्पनी एनसेलका लागि सुबानी मोक्तानले पनि आफ्नो स्वर दिएकी छन् ।
अनुपमा कर्माचार्यले केही अन्य विज्ञापनमा पनि स्वर दिएकी छन् । हाल उनी नेपाल विद्युत् प्राधिकरणसँग आबद्ध छिन् । भूमिका थापा पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्थिन् भने सुबानी मोक्तान गायिका हुन् ।
सत्यपाटी संवाददाता । काठमाडौं