सूचनाको शक्ति - The Power Of Information

        

संवैधानिक परिषद् : विपक्षी हावी

लामो समयदेखि किचलोबीचमा प्रधानन्यायाधीशको नियुक्तिका लागि बाटो खुले पनि सहज वातावरण भने बनेको छैन् ।

प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्मा विपक्षी हावी हुने देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्झौता गर्नुपर्ने बाध्यता रहेको देखिन्छ ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा संवैधानिक परिषद्को बैठक शुक्रबार सिंहदरबारमा बस्दै छ ।

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले परिषद्ले परिषद्को बैठकबाट प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुने बताए ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार ०७:१३