सूचनाको शक्ति - The Power Of Information

        

म्यान्मार सरकारले ३ हजार बढी कैदीलाई रिहा गर्ने

 म्यान्मारको सैनिक सरकारले बौद्ध नयाँ वर्षको अवसर पारेर ३ हजार भन्दा बढी कैदी बन्दीलाई रिहा गर्ने घोषणा गरेको छ ।

सैनिक सरकारका प्रमुख मिन आङ ह्लाइङले ३ हजार १५ जना कैदी बन्दीलाई माफी दिने घोषणा गर्नु भएकाे हाे । सरकारले रिहा गर्ने सूचीमा पछिल्लो २ वर्षमा पक्राउ गरी जेलमा राखिएका आङ सान सुकीको नेसनल डिमोक्रेसी (एनएलडी) पार्टी, प्रजातन्त्र पक्षधर अन्य विपक्षी दलहरूका नेता तथा कार्यकर्ता र सर्वसाधारण रहेका छन् ।

सेनाले २ वर्ष भन्दा अघि भएको ‘कू’ पछि हजारौं मानसहरूलाई पक्राउ गरेको थियो । म्यान्मारको नयाँ वर्ष, जनताको शान्तिपूर्ण मन र मानवीय आधारमा मनाउनु भएकाे सैन्य सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सन् २०२१ को फेब्रुअरीमा सेनाले आङ सान सुकीको सरकारलाई अपदस्थ गरेकाे थियाे । त्यस पश्चात २१ हजार भन्दा बढी मानिसहरुलाई पक्राउ गरिएको स्थानीय निगरानी समूहहरुले जनाएका छन ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार ०८:३८