सूचनाको शक्ति - The Power Of Information

        

आठौं अन्तर्राष्ट्रिय उर्जा सम्मेलन आजदेखि काठमाडौंमा सुरू हुँदै

आठौं उर्जा सम्मेलन आज (मंगलबार) देखि काठमाडौंमा सुरू हुँदैछ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) मूख्य आयोजक र लगानी बोर्ड सहआयोजक रहेको ऊर्जा सम्मेलनमा भारत, बंगलादेश, भुटान, श्रीलंका लगायत ३० भन्दा बढी देशका तीन सय प्रतिनिधिहरु सहभागी हुनेछन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत् उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीलगायत ऊर्जा क्षेत्रका अन्य सरोकारवालाहरू पनि सम्मेलनमा सहभागी हुनेछन् ।

सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता, नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि सम्झौताहरु गर्ने तयारी पनि रहेको आयोजकले बताएका छन् ।

‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ हुन लागेको सम्मेलनमा विभिन्न १५ वटा कार्यपत्र प्रस्तुत गर्ने तयारी छ ।

नेपालको लगानी बोर्ड र निजी क्षेत्रका उर्जा उत्पादकहरुले पाँच हजार मेगावाटका परियोजना प्रदर्शन गर्ने भएका छन् ।

बुधबारसम्म चल्ने सम्मेलनको समन्वय उर्जा मन्त्रालयले गरिरहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार ०८:३१