सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

गण्डकीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना

देशका पहाडी भू–भागमा आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आइतबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने पनि मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको छ । वर्षाका गतिविधि कम भएसँगै डढेलोका घटनाहरूमा वृद्धि भइरहेको र यसले प्रदूषण समेत वृद्धि भइरहेको महाशाखाको भनाई छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार ०८:३३