कुनै एक महिला गर्भवती हुनु सम्पूर्ण परिवारको लागि खुशिको पल बन्छ । घरमा आउने नयाँ सदस्यलाई लिएर अनेकौं सपना बुन्न थाल्दछन् । त्यो शिशु छोरा या छोरी के होला सबको मनमा कौतोहलता सुरु हुन्छ ।
यौन जीवनका यी संकेत, जसले तपाईको साथीको स्वार्थ पत्ता लगाउन सक्छ । यद्यपी कुनै प्रविधिको प्रयोग गरेर लिंग छुट्याउनु कानुनी रुपमा बर्जित छ । यो कार्य नगर्नुहोला । तर घरेलु उपाय अपनाउने चलन निक्कै छ ।
छोरा वा छोरीको जन्म कसरी हुन्छ
जीवविज्ञान अनुसार दुई प्रकारका क्रोमोजोम महिला र पुरुषमा पाइन्छन् । महिला अंडाशयमा एक्स एक्स क्रोमोजोम हुन्छ र पुरुष शुक्राणुमा एक्स वाई क्रोमोजोम हुन्छ । यदि पुरुष शुक्राणुको एक्स क्रोमोजोम, महिला अण्डाशयको एक्स क्रोमोजोमसँग मिलन भए छोरी जन्मन्छ ।
गर्भमा हुर्किएको भ्रुण छोरा हो या छोरी १०० प्रतिशत सही अनुमान गर्न सकिँदैन । मानिसहरूले केहि यस्ता लक्षणहरूको आधारमा गर्भमा छोरा वा छोरी के छ भन्ने अनुमान लगाइरहेका हुन्छन् ।
गर्भमा छोरा भएमा देखिने केहि लक्षणहरु
पेटको आकार – गर्भवती महिलाको पेट भारी र तलतिर झुकेको भए गर्भमा छोरा भएको अनुमान लगाउने गरेको पाइन्छ ।
छाला परिवर्तन – गर्भावस्थामा छाला परिवर्तन सामान्य मानिन्छ । तर पनि गर्भमा छोरा छ भने गर्भवती महिलाको अनुहारमा दाना र दागहरू बढी देखिन्छन् । यस बाहेक, गर्भवती महिलाको अनुहार सुकेको जस्तो देखिन्छ भन्ने विश्वास गरिन्छ ।
स्तनको आकारमा बदलाव – गर्भावस्थामा, महिलाको शरीरमा हार्मोनको कारण धेरै परिवर्तन हुन्छन् । यस समयमा, महिलाको स्तनको आकार बढ्छ, जसले उनलाई स्तनपानको लागि तयार तुल्याउँछ ।यो अवस्थामा दुबै स्तनको आकारमा अलिक फरक हुन्छ । यदि दायाँ स्तन ठूलो, बायाँ स्तनभन्दा भारी भए गर्भमा छोरा भएको लक्षण मानिन्छ ।
चिसो खुट्टा र खस्रो हात – गर्भावस्थामा खुट्टा चिसो र सुख्खा तथा खस्रो हातहरू हुनु भनेको गर्भमा छोरा हुनुको संकेत मानिन्छ ।
चटपटीदार खानाहरु खान मन लाग्ने – गर्भावस्थामा धेरै प्रकारका चीजहरू खाने इच्छा हुन्छ । तर मसलादार र नुनिलो खाने कुराको बढी इच्छा भएमा छोरा हुने संकेतको रुपमा लिईन्छ ।
मुटुको धडकन – एक भुण्रको मुटु एक मिनेटमा लगभग १४० चोटि धड्कंछ । यदि भुण्रको मुटु एक मिनेटमा १४० भन्दा कम पटक धड्किएमा गर्भको छोरा भएको लक्षण मानिन्छ ।
गर्भमा छोरी भएको संकेत
मुटुको तिब्र धड्कन – गर्भमा भएको छोरीको धड्कन, छोराको भन्दा छिटो हुन्छ । यदि अल्ट्रासाउन्ड स्क्यानले बच्चाको मुटु १४० पटक भन्दा बढी धड्किएको देखाउँछ भने, यो गर्भमा छोरी रहेको लक्षण रुपमा लिइन्छ ।
अधिक वाकवाकी हुनु – अन्वेषकहरुका अनुसार बिहान अत्यधिक वाकवाकी भएमा ,गर्भावस्थामा छोरी भएको अनुमान लगाउन सकिन्छ ।
पेटको आकार – गर्भवतीको पेट गोलाकार र गर्भवती हुँदा माथि उठेको भएमा गर्भमा छोरी हुनुको संकेत मानिन्छ ।
मुड परिवर्तन – गर्भमा छोरी छँदा महिलाको मुड परिवर्तन हुन्छ । रिस, चिटचिट, तनाव र उदासिनताका भावनाहरू अधिक देखिन्छन् ।
स्तन आकारमा परिवर्तन – गर्भावस्थामा स्तन ध्यानपूर्वक हेरे बच्चाको लिङ्ग जान्न मद्दत पुर्याउँछ । देब्रे स्तनको आकार दायाँ स्तनभन्दा ठूलो भए गर्भमा छोरी हुनुको लक्षण मानिन्छ ।
लसुनद्वारा परीक्षण – गर्भवती महिलाले लसुन खाँदा शरीरको गन्ध परिवर्तन नभएमा गर्भमा छोरी भएको अनुमान लगाइन्छ । वास्तवमा, जब छोरा गर्भमा हुन्छ, शरीरको कपाल गन्हाउन थाल्छ ।
मीठा चीजहरू खाने इच्छा – यदि कुनै गर्भवती महिलाले अचानक मीठो चीजहरू (मिठाइ, चकलेट आदि) खाने इच्छा गर्न थाले गर्भमा एउटी छोरी भएको लक्षण मानिन्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं