महालेखा परीक्षकको कार्यालयले ६० औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
महालेखाले सार्वजनिक गरेको ६० औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब १९ अर्ब रुपैयाँ बराबरको बेरूजु देखिएको हो ।
संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट बेरूजु १ खर्ब १९ अर्ब ७७ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
बेरूजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेश्की गरी तीन वर्गमा वर्गीकरण गरिएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ