सूचनाको शक्ति - The Power Of Information

        

राप्रपाले देशमा भ्रष्टाचार हुन दिने छैनः धवल शमशेर

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले आफ्नो पार्टीले देशमा भ्रष्टाचार हुन नदिने बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद जबराले देशमा एनसेल, नक्कली भुटानी शरणार्थी र धितो बोर्डलगायतका काण्डैकाण्ड आएको भन्दै ती सबैलाई राप्रपाले नजिकबाट नियालिरहेको बताए।

उनले राप्रपाले देशमा भ्रष्टाचार हुन नदिने उल्लेख गर्दै सरकारलाई सचेत गराए। उनले मन्त्रीका छोराहरुले विभिन्न घटना घटाइरहेका भन्दै उनीहरुलाई कानूनी कठघरामा ल्याउनुपर्ने बताए।

उनले भने, ‘यो देशमा भ्रष्टाचार हुन हामी दिने छैनौँ। तपाईंहरु सचेत रहनुस्। यो सरकारलाई सचेत गराउन चाहन्छु। सरकारमा बसेका ठूला–ठूला मन्त्रीका छोराहरुले विभिन्न घटनाहरु घटाइरहेका छन्। सरकारले यिनीहरु सबैलाई कठघरामा लानुपर्छ भन्ने मेरो अनुरोध छ।’

सांसद जबराले जिल्लाहरुमा अझै मलखाद नपुगेको भन्दै तुरुन्त मलखादको व्यवस्था गर्न माग गरे। मल फ्याक्ट्री स्थापना गर्ने कुरा पटक–पटक उठेको भए पनि अझै हुन नसकेको भन्दै यसबारेमा सरकारले संसदलाई जानकारी दिनुपर्ने माग गरे।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १८:१३