सूचनाको शक्ति - The Power Of Information

        

माध्यमिक तह प्रथम पत्रको नतिजा आयो, कुन प्रदेशबाट कति पास ?

माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको प्रथम पत्रको नतिजा सार्वजनिक भएको छ ।

शिक्षक सेवा आयोगले आइतबार गत चैत १८ गते लिएको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य)को नतिजा सार्वजनिक गरेको हो ।

आयोगले सार्वजनिक गरेको नतिजाअनुसार ७ प्रदेशमा गरी कुल ३२ हजार ६७० परीक्षामा सम्मिलित थिए । जसमा १६ हजार ७११ जनाले प्रथम पत्रमा नाम निकाल्न सफल भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा ३ हजार १०४ जना सम्मिलित भएकोमा १ हजार ५४४ जनाले पास गरेका छन् । कर्णाली प्रदेशमा २ हजार ९०७ जनाले परीक्षा दिएकोमा १ हजार ५१० जनाले नाम निकालेका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा ४ हजार २९८ परीक्षा सम्मिलित थिए । जसमा २ हजार २६९ जना प्रथम पत्रमा उत्तीर्ण भएको आयोगले जनाएको छ । बागमती प्रदेशमा सबैभन्दा बढी परीक्षार्थी सम्मिलित छन् ।

जसमा ६ हजार ३९४ सहभागी भएकोमा ३ हजार १५६ जनाले प्रथम पत्रमा नाम निकालेको आयोगले जनाएको छ । यस्तै, सार्वजनिक भएको नतिजा अनुसार मधेश प्रदेशमा ४ हजार ३०५ जना सम्मिलित भएकोमा १ हजार ९७१ जनाले पास गरेका छन् ।

कोशी प्रदेशमा ५ हजार ७७९ जना सहभागी भएकोमा ३ हजार १५१ जनाले प्रथम पत्रमा नाम निकालेका छन् । प्रथम पत्रमा नाम निकाल्न सफल परीक्षार्थीहरूको दोस्रो तहको परीक्षा २०८० असार ९ गते ११ बजेदेखि प्रदेश केन्द्रहरूमै हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १५:३२