सूचनाको शक्ति - The Power Of Information

        

को आउला निजामतीको सर्वोच्च पद मुख्य सचिवमा ?

मुख्य सचिव शंकरदास वैरागीको पदावधि सकिन केही महिनामात्रै बाँकी रहदा नयाँ मुख्य सचिवका बारेमा चर्चा सुरू भएको छ ।

वैरागीको समयावधि छोटिँदै जाँदा निजामती प्रशासनको सर्वोच्च पद मुख्य सचिव बन्न वरिष्ठ सचिवहरूले समेत आन्तरिक लबिङ थालेका छन् ।

मुख्य सचिव वैरागीलाई महत्वपूर्ण देशको राजदूत वा संयुक्त राष्ट्रसंघ (यूएन)को स्थायी प्रतिनिधिमा पठाएर नयाँ मुख्य सचिव नियुक्त गर्न सकिन्छ कि भन्ने विषयमा उच्च सरकारी तहमा छलफल सुरू भएको स्रोतको दाबी छ । मुख्य सचिव पनि पदावधि सकिनै लाग्दा नयाँ अवसरको खोजीमा रहेको बताइएको छ ।

भारत, चीन, अमेरिका, बेलायतलगायतका मुलुकमा राजनीतिक नियुक्ति भइसकेकाले मुख्य सचिव वैरागीलाई क्यानडाको राजदूत बनाउन सकिने विषयमा समेत छलफल हुन थालेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार उहाँलाई यूएनको स्थायी प्रतिनिधिको रूपमा समेत पठाउन सकिने छ ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार ०७:४५