शिन्न्यो–एनको राष्ट्रिय भेला नेपालगन्जमा (फोटोफिचरसहित)
।
बाँके । बुद्धको उपदेशलाई विश्व शान्तिको माध्यमबाट सन्देश फैलाउँदै जापानको सामाजिक संस्था शिन्न्यो–एनको नेपालस्थित राष्ट्रिय भेला नेपालगन्जमा भएको छ ।
देशभरका २२ जिल्लाका शिन्न्यो–एन अनुयायीहरुको भेलाले नेपालगन्जमा सामूहिक प्रार्थना गर्नुका साथै विश्व शान्तिको सन्देश दिएको बताएका छन् । डेढ वर्षअघि नेपाल सरकारबाट अनुमति लिएर नेपाल प्रवेश गरेको शिन्न्यो–एनले भूकम्पमा परेर दिवंगत भएकाहरुको शान्तिको कामना गर्दै प्रार्थना गरेको छ ।
नेपालका अनुयायीहरुसँग मेलमिलाप गरेर बुद्धको सन्देश प्रवाह गर्न आफूहरु यहाँ आएको शिन्न्यो–एनका इन्टरनेशनल विभागका जनरल मेनेजर कियोशी ताकाइचीले जानकारी दिए । जनरल मेनेजर ताकाइचीले भने, ‘हामी बुद्धले दिएका सन्देशहरु विश्वभर फैलाउन चाहन्छौं । सबै जनासँग मेलमिलाप र सद्भाव कायम गर्नका लागि हामी अघि बढेका छौं ।’
नेपालमा पनि बन्धुत्वको भावना जागृत गरी सद्भाव कायम गर्न आफूहरु नेपाल आएको जनरल मेनेजर ताकाइचीले बताए । जापानमा गरिने प्रार्थानालाई नेपालमा पनि सामुहिक अभ्यास गरिएको उनी बताउँछन् । उनका अनुसार नेपालमा करिब ५ हजार अनुयायी रहेका छन् ।
।