सूचनाको शक्ति - The Power Of Information

        

मिटरब्याज पीडितले आज पनि सरकारी टोलीसँग वार्ता गर्ने

मिटर ब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ ।

गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटर ब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच सोमवार पनि वार्ता हुन लागेको हो ।

संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार छलफल भए पनि सहमति नभए पछि सोमवार पुनः गर्न लागिएको संयोजक अवधेस कुशवाहले जानकारी दिए ।

उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन र चेकलगायत मन्त्रीपरिषद्को निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुदेँ मागमा सरकारी वार्ता टोली समक्ष राखिएको छ ।

पहिलो दिनको वार्तामा सहमति हुन नसके पछि पुनः सोमवार वार्तामा बस्ने उनले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार ०७:२९