सूचनाको शक्ति - The Power Of Information

        

पाटन क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित

ललितपुरको पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित भएका छन् । उनले ८ सय ४१ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश जिसीले ६ सय ७२ मत ल्याए ।

नेविसङ्घका इकाई उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए। गएराति भएको मतगणनामा स्ववियु सचिवमा अविनास भण्डारी र कोषाध्यक्ष तिलक कुमाल विजयी भएका छन् ।

पाटन क्याम्पसमा नेविसङ्घको आन्तरिक विवादका कारण चैत ५ गते हुन नसकेको चुनाव हिजो भएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतवार ०८:४५