सूचनाको शक्ति - The Power Of Information

        

पशु स्वास्थ्य

गाईभैंसीमा ‘लम्पी स्कीन डिजिज’को प्रकोप एवं व्यवस्थापन

यस रोगबाट ग्रसित पशुलाई स्वस्थ पशुहरुबाट अलग राख्ने, रोगी वा रोग ग्रसित पशु खरिद नगर्ने र रोगबाट ग्रसित पशुलाई एक महिनासम्म अलग राख्नुपर्छ ।

लम्पी स्कीन डिजिज या डल्ले तच्वा रोग हो जुन गाईभैंसीलाई संक्रमित गर्दछ । यस रोगमा शरीरमा गाँठाहरु बन्ने गर्दछ । खासगरी टाउको, गर्दन एवं जननाङ्गहरु वरिपरि विस्तारै विस्तारै यी गाँठाहरु ठुलो हुन थाल्दछन् । अनि फेरि घाउँमा परिवर्तित हुने गर्दछन् । पशुहरुमा चर्को ज्वरोको लक्षण देखिन्छ । दुधालु पशुहरुले दुध दिन बन्द गर्दछन् एवं मादा पशुहरुमा गर्भपतन पनि देखिन्छ ।

कैयौं पटक पशुहरुको मृत्यु पनि हुने गर्दछ । लम्पी स्कीन डिजिज लामखुट्टे जुम्रा, उपियाँ झिङ्गा जस्ता किरा फट्याङग्राहरुद्वारा फैलिन्छ । यसका साथै यो दुषित पानी र्याल एवं दाना घास परालको माध्यमबाट पशुहरुलाई संक्रमित गराउँछ । यस रोग फैलिनका लागि तातो एवं ओसीलो मौसम अनुकुल हुन्छ भने चिसो मौसममा यस रोगको प्रकोप कम हुने गर्दछ ।

विश्वमा महामारी हिजोआज


विश्वमा यो रोग ९३ वर्ष पहिले अफ्रिकी देश जाम्वियामा देखिएको थियो । त्यसपछि यो १९४३–१९४५ का बीच जिम्बावे एवं साउथ अफ्रिका १९४९ मा अफ्रिकामा यस रोगका कारण ८० लाख पशुहरु प्रभावित भए । त्यसपछि यो रोग अफ्रिका महाद्धीप बाहिर पहिलो पटक इजराइलमा १९४८ मा फैलियो । २०१९ मा वगलादेश का साथै दक्षिण एशीयामा फैलियो । भारतमा अगस्त २०१९ मा रोगको पहिलो विरामी फेला पर्यो ।

भारतमा यो रोग सर्वप्रथम पश्चिम बङ्गालमा वर्ष २१९ मा देखियो । पछि यो रोग तामीलनाडु कर्नाटक ओडिसा केरल आसाम छत्तीसगढ मध्य प्रदेश एवं राजस्थान हिमाञ्चलमा फैलीएको छ । यस रोगको चपेटामा लाखौं गाईभैसी परे भने हजारौंको मृत्यु भयो । अब यस रोगलाई विव्श्व पशु स्वास्थ्य सङ्गठनले सजिलै फैलिने खाले रोगको सूचीमा राखेको छ ।

रोगको महामारीजन्य प्रकृति एवं प्रसारण


लम्पी स्कीन डिजिज प्रायः भाइरलद्वारा फैलिन्छ । यो रोग एक पशुबाट अर्कामा फैलिन्छ । यो रोग लामखुटे, जुम्रा, उपियाँ, झिङ्गा पानी एव दाना आहारा घास परालद्वारा फैलिन्छ । यस रोगको संक्रमण तेज गर्मी एवम् पतझरको मौसममा धेरै बढेर जान्छ । किनकी किरा फट्याग्राहरुको संख्या पनि यतिबेला बढेर जान्छ । भाइरस नाक स्राव, र्याल, रगत, आशुमा सावित हुन गर्दछ । यो रोग गाईभैंसीका दुध खाने पाडीपाडा बाच्छाबाच्छीमा पनि संक्रमण हुन्छ । संक्रमणको ४२ दिनसम्म पनि विर्यमा पानि भइरस रहिरहन्छ ।

यो रोग मादा पशुसँगै आउने सन्ततिमा फैलिन सक्छ । यो भाइरस मानिसमा सङ्क्रमणीय हुँदैन । अहिलेसम्म यस रोगबाट भारतमा राजस्थान ३.१० लाख गुजरात ७२ हजार, पञ्जाबमा २७ हजार हरियाना ७१ हजार, हिमाञ्चल ५०० र उतराखण्डमा १०२५ पशुहरु विरामी भैसकेका छन् । जसमा मृत्युदर ५ देखि १० प्रतिशत देखिएको तथ्याङ्क छ । हाम्रो आफनो परिवेशमा भने ई.सं. २०२१ को वर्षातको बेला सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर, प्रदेश–१ को मोरङ्ग अनि लुम्बिनी प्रदेशको रुपन्देहीमा यो रोग फाटफुट देखापरेको कार्यरत पशु चिकित्सकहरु बताउँछन् ।

यस रोगका लक्षणहरु


यस रोगबाट ग्रसित पशुहरुमा २–३ दिनसम्म कडा ज्वरो आउने गर्दछ । शुरुमा गाईभैंसीको नाक बग्ने गर्दछ । आँखाबाट पानी बग्ने अनि मुखबाट र्याल खस्ने गर्दछ । यसका साथै शरीरभरी २–३ सेमीका कडा गाँठाहरु देखा पर्दछन् । मुख तथा स्वास नलीमा घाउ शारीरीक कमजोरी लिम्फनोड सुन्निने, खुट्टामा पानी भरिने, दुधको मात्रा कम हुने गर्भपतन, पशुहरुमा बाझोपन देखिन्छ । यस रोगबाट प्रायजसो अवस्थामा पशुहरु २–३ हप्ताप्मा ठिक हुन्छन् । तर पशु धेरै समयसम्म विरामी रहँदा दुध उत्पादन कमी हुने साथै मृत्यु पनि हुने गर्दछ । जुन ५–१० प्रतिशतसम्म देखिन्छ ।

यस रोगबाट ग्रसित पशुलाई स्वस्थ पशुहरुबाट अलग राख्ने, रोगी वा रोग ग्रसित पशु खरिद नगर्ने र रोगबाट ग्रसित पशुलाई एक महिनासम्म अलग राख्नुपर्छ । खोर तथा गोठमा रोग फैलाउने किरा फट्याङ्ग्राहरुको नियन्त्रण व्यवस्थापन गर्नुपर्ने हुन्छ । पशु चिकित्सको सल्लाह अनुसार गोठ एवं वरिपरि उचित किटनाशक औषधिहरु नियमित छर्नुपर्छ । गोठ एवं वरिपरि उचित किटनाशक औषधिहरु नियमित हुनुपर्छ । गोठ एवं वरिपरि सरसफाईको उचित प्रवन्धन गर्नु पर्छ । गोठको भुइतल एवं पर्खाललाई किटाणुरहित राख्नुपर्छ ।

यसका लागि फिनोल दुई प्रतिशत वा आयोडिनयुक्त किटनाशक घोल १ः३३ उयोग गर्नुपर्छ । पशुहरुको दाना पानीका भाडा किटाणुरहित गर्न भिरोक, भिरोक–एस जस्ता औषधिहरु नियमित प्रयोग गरी धुनुपर्र्दछ । यस रोगको कारण पशुको मृत्यु भएमा टाढा लगेर गहिरो खाडल खनी पुर्नुपर्छ । पशु रोगमुक्त भएपछि रगत एव विर्यको जाँच प्रयोगशालामा गराउनुपर्छ । यदि प्रयोगशाला परिक्षणबाट रोगमुक्त ठहरी त्यस्ता पशुको विर्य उपयोग गर्न सकिन्छ ।

विरामी पशुको उपचारका लागि अकसी–एल–ए जीट, भिटामिन वि कम्प्पलेक्स जस्ता औषधि प्रयोग गर्दा हुन्छ । स्थानीय घाउ खटिरामा हेमेकस चमीर्ल मिपुरीयमजस्ता औषधी प्रयोग गर्दा हुन्छ । भारतमा लम्पी प्रो भ्याक इन्ड खोप उपलब्ध छ । जोखिम भएका क्षेत्रहरुमा उमेर तालिकाअनुसार प्रयोग गर्न सकिन्छ । नभए गाईभैसीलाई गोट पकस खोप लगाउन सकिन्छ । यसको पनि सकारात्मक परिणाम पाइएको छ । (लेखक कार्कीले मेट मेडिसिन सेन्ट्रल लुजोम स्टेट युनिभर्सिटी फिलिपिन्सबाट एमभिएस्सी प्रिभेन्टिम गरेका छन् ।)

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार ११:३५