सूचनाको शक्ति - The Power Of Information

        

रजगज कायम राख्न ७० वर्षे उमेरहद हटाउने खेलमा ओली

पार्टीमा आफ्नो रजगज कायम राख्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेरहद हटाउने प्रक्रिया शुरु गरेका छन् । ओलीको योजना अनुसार एमालेले उमेरहद हटाउन निर्वाचन आयोगमा निवेदन दिएको छ ।

नेकपा एमालेको विधान अनुसार पार्टीको कुनै पनि पदमा निर्वाचित हुनको लागि ७० बर्षभन्दा कम उमेरको हुनुपर्दछ । यो व्यवस्था अनुसार अव पार्टीका कुनै पनि पदमा अध्यक्ष ओली उम्मेरदवार बन्न पाउँदैनन् ।

वि.स. २००८ साल फागुन ११ गते जन्मेका ओली हाल ७१ बर्षका भए । विधानका आधारमा ओलीले अध्यक्ष पदबाट पनि राजीनामा दिनुपर्ने हुन्छ । तर अध्यक्ष पदबाट राजीनामा नदिई पार्टीमा रजगज गर्ने योजनासहित ओलीले विधान संशोधन गरेर अध्यक्ष पद कायम राख्ने नीति अवलम्बन गरेका हुन् ।

निमकान्त पाण्डेले दर्ता गराएको सो निवेदनमा ७० बर्षमाथिका व्यक्तिले नेकपा एमालेको कुनै कार्यकारी पदमा निर्वाचित वा मनोनित हुन नमिल्ने विधानको व्यवस्था नेपालको संविधान र प्रचलित राजनीतिक अभ्यासविरुद्ध भएको भन्दै त्यसलाई निस्क्रिय घोषणा गर्नुपर्ने माग गरिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार ०७:२९