सूचनाको शक्ति - The Power Of Information

        

आज २०७९ चैत २५ गते शनिवारको राशिफल

२०७९ चैत २५ गते शनिवार, ८ अप्रिल २०२३ । वैशाख कृष्णपक्ष द्वितीया तिथि, १०ः१५ बजेदेखि तृतीया । स्वाती नक्षत्र, १४ः११ बजेदेखि विशाखा । चन्द्रराशि– तुला ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । साथीभाइको आगमनले दिन रमाइलो रहनेछ । पहिलेको सफलताले थप काममा उत्साह मिल्नेछ । व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ । कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पहिलेको सफलताले हौसला जगाए पनि विवाद तथा मुद्दाहरूमा निकै सजग रहनुपर्नेछ । ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला । पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । परिश्रम परे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । केही फजुल खर्च बढ्न सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

काममा केही समय लागे पनि सुखद समाचारले उत्साह जगाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले पनि काममा जोसजाँगर बढ्नेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पुनः नयाँ सम्झौता गर्नुपर्ला । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउने हुँदा योजना तत्काल सार्वजनिक नगर्नुहोला । घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । लगनशीलताले परिस्थिति सहज बनाउन सकिनेछ । प्रयत्न गर्दा व्यापारमा फाइदा उठाउन सकिनेछ । कामको चाप बढे पनि प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला । परिस्थिति सबल नदेखिए पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । बुद्धिले काम लिँदा चिताएको काम बन्नेछ । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ । विभिन्न अवसर पनि आउनेछन् । केही कठोर निर्णय लिनुपरे पनि टाढिएका आफन्त नजिकिनेछन् । भेटघाट र खानपानमा समय व्यतीत हुनेछ । सहयोगीहरू जुट्नाले आँटेको काम बन्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । शुभचिन्तकहरूको सहयोगले लक्ष्यमा पुग्न सफल भइनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । साथीभाइसँग असमझदारी बढ्ला । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन् । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । विभिन्न भौतिक साधनहरू पनि जुटाउन सकिनेछ । बुद्धिको उपयोगले काम सम्पादन हुनेछ । तर समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचनागर्नेछन् । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

परिस्थितिवश कम फाइदा हुने काममा अलमलिनुपर्ला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । प्रयत्न गर्दा राम्रै जिम्मेवारी पनि पाइनेछ । अरूको समस्याबारे चासो लिँदा आफैंलाई अप्ठ्यारो पर्न सक्छ । अप्ठ्यारो समयमा पनि अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतको परिणाम प्राप्त हुनेछ । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला । योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ । रोकिएको काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार ०७:१६