सूचनाको शक्ति - The Power Of Information

        

विहे गर्नेभन्दा विहे नगर्नेहरु धेरै खुशी

सामान्य रुपमा हेर्दा मानिसको जीवन विवाहपछि फरक मोडमा पुग्ने गर्दछ । एक नयाँ वैज्ञानिक अनुसन्धानले बालबच्चा नभएका अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने बताएको छ ।

शीर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो निष्कर्ष बाहिर आएको हो । एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु धेरै खुःशी हुन्छन् । उनीहरु घरेलु जिम्मेवारीको बोझ उठाइरहेका आफ्ना साथीहरुको तुलनामा अधिक स्वस्थ र लामो जीवन जीउने गरेको वेल्सस्थित प्रोफेसर डोलानले बताए ।

डोलान ‘लन्डन स्कुल अफ इकोनोमिस्क’मा व्यवहारिक विज्ञानका शीर्ष विश्लेषक हुन् । यस्तोमा सबैभन्दा पछिल्लो डाटाले पनि ‘खुसी रहन र सुखी जीवन बिताउन विवाह र मातृत्व जस्ता सामाजिक सफलताका पारम्परिक उपाय नै अपनाउनु पर्छ भन्ने जरुरी नभएको’ संकेत गरेको उनले बताए । यी विषयहरु खुसी जीवनको स्तरसँग सम्बन्धित नहुन पनि सक्ने उनी बताउँछन् ।

उनका अनुसार एक्लो रहनु सम्बन्धी समाजको नकारात्मक धारणाले गर्दा नै आज धेरै महिलाहरु खुशी छैनन् । उनले धेरै अभिभावकहरुसँगको आफ्नो खुलस्त अन्र्तक्रिया र विवाहबारे सामान्य अवस्थामा अध्ययन गरेपछि यस्तो तथ्य फेला पारेका हुन् । यसरी महिलाहरुमा एक्लो जीवन बिताउनुका फाइदाबारे यो पहिलोपटक उल्लेख गरिएको होइन । यसअघि पनि मनोविश्लेषकहरुले यस विषयमा प्रकाश पारिसकेका छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार ११:०८