सूचनाको शक्ति - The Power Of Information

        

संसारभर आधाभन्दा धेरै गर्भाधान अनिच्छित

संसारभर आधाभन्दा धेरै गर्भ अनिच्छित हुने गरेको संयुक्त राष्ट्र जनसंख्या कोष (युएनएफपिए)ले जनाएको छ । पछिल्लो अध्ययनअनुसार हरेक वर्ष १२ करोड १० लाख बराबर गर्भ अनिच्छित हुने गरेको देखिएको हो ।

गर्भाधान महिलाहरूको अधिकार भएपनि अझैसम्म धेरैले आफ्नो इच्छाविपरीत गर्भाधान गर्नुपरेको रिपोर्टमा भनिएको छ । अनिच्छित गर्भहरू करिब ६० प्रतिशत गर्भपतन गर्ने गरेको पाइएको छ । जसमध्ये ४० प्रतिशत असुरक्षित गर्भपतन गर्ने गरेको अध्ययनले देखिएको छ ।

असुरक्षित गर्भपतन गर्दा ५ देखि १३ प्रतिशत आमाको ज्यान जाने गरेको तथा यसले दिगो विकासमा समेत असर गरेको बताइएको छ । यसैगरी रुस–युक्रेन युद्धले समेत अनिच्छित गर्भलाई बढावा दिने रिपोर्टमा भनिएको छ । यस्ता युद्ध तथा हिंसाका कारण गर्भनिरोधक साधनको अभाव हुने बताइएको छ ।

रिपोर्टका अनुसार अनिच्छित गर्भ अन्य विभिन्न कारणले हुने देखिन्छ । यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको अभाव, महिलामैत्री गर्भनिरोधक साधनहरूको अभाव, यौन हिंसा तथा जबरजस्ती करणी, लगातका कारण अनिच्छित गर्भ रहने गरेको अध्ययनले देखाएको छ । त्यस्तै यौन स्वास्थ्य सेवा लिन लाज मान्नु, गरिबी एवम् लैङ्गिक असमानताका कारण पनि अनिच्छित गर्भ रहने गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार ०९:१४