सूचनाको शक्ति - The Power Of Information

        

कागती पानीका फाइदा, तौल घटाउनेदेखि सुगर कम गर्नसम्म सहयोगी

हामी बिहान उठेर पानी पिउँछौँ । कतिपयले त कागती पानी पिउने पनि गर्नुहुन्छ । यसले हाम्रो स्वास्थ्यमा धेरै फाइदा गर्छ । हामीलाई स्वस्थ राख्न यसले मद्दत गर्छ । कागतीलाई विभिन्न समस्याको समाधानका रूपमा वा एक प्रकारको घरेलु औषधिकै रूपमा लिने गरिन्छ ।

आयुर्वेदमा पनि कागतीलाई विभिन्न समस्या समाधानको रामवाण नै मान्ने गरिन्छ । कागती पानी जुनसुकै समयमा पानी पिउन सकिन्छ । कागतीमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइने भएकाले यसको सेवनले छाला स्वस्थ र चम्किलो हुन्छ ।

कागती पानीको सेवनले तौल घटाउनदेखि लिएर पेट सफा गर्नेसम्मको काम गर्छ । बिहान खाली पेटमा कागती पानी सेवन गरेमा यसले शरीरको विकार पदार्थ निकाल्नुका साथै स्फूर्ति पैदा गर्छ । हामीले खाएको खाना पचाउने कामसमेत गर्छ र प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।

कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन राख्ने काम गर्दछ । यो गर्मी मौसममा कागती पानीलाई सर्बत भनेर पानी पिउने गरेको चिकित्सक बताउँछन् । गर्मीको मौसममा त झन् कागती पानी पिउँदा एकदमै फाइदा हुन्छ । यसले प्यास मेटाउनाको साथै शरीर स्वस्थ राख्छ ।

खाली पेटमा कागती पानी पिउनुका फाइदा

  • बिहानै कागती पानी पिउनुका फाइदालाई विभिन्न बुँदामा उल्लेख गर्नु उपयुक्त हुन्छ । पेट सफा हुन्छ ।
  • दैनिक खाली पेटमा कागती पानीको सेवन गर्दा हाम्रो पेटमा भएका विकार सहजै बाहिर निस्किन मद्दत गर्छ ।
  • कागती पानीले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ । कागती पानीको नियमित सेवनले पत्थरीलाई बाहिर निकाल्नसमेत मद्दत गर्छ ।
  • हरेक दिन कागती पानीको सेवन गरे मिर्गौलामा पत्थरी बन्न नै पाउँदैन ।

रक्तसञ्चार सम्बन्धी रोग लाग्दैन

रक्तसञ्चारसँग जोडिएका हरेक समस्यामा कागती पानीले धेरै फाइदा पु¥याउँछ । बिहान उठेर नियमित कागती पानी पिउने गर्नाले दिनभर शरीरलाई स्फूर्ति राख्न र शरीरमा पानीको कमी हुन दिँदैन ।

मुखको गन्ध कम हुन्छ – कागतीको सेवनले मुख गनाउने समस्या समाधान हुन्छ । शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।

जोर्नीको पीडा कम गर्छ – शरीरका विभिन्न जोर्नीमा हुने दुखाई कम गर्नुका साथै युरिक एसिडलाई कम गराउन मद्दत गर्छ ।

तौल घटाउन सहयोग पुग्छ – बिहान खाली पेटमा खाएको कागती पानीले शरीरको तौल घटाउन एकदमै मद्दत गर्छ । त्यसैले बिहान उठेर एक गिलास कागती पानी पिउनु निकै फाइदाजनक मानिन्छ ।

छालामा निखार – कागतीमा भएको एन्टीअक्सिडेन्ट गुणले छालामा निखार ल्याउँछ । छालाका दागधब्बा सफा हुन्छन् । कागती काटेर अनुहारमा लगाउँदा पिम्पलको समस्याबाट बच्न सकिन्छ र अनुहार चम्किलो हुन्छ ।

साथै कागती पानीको सेवनले मस्तिष्कलाई पोषित गर्न र स्नायु कोष स्वस्थ राख्न पनि निकै सहयोग पुर्याउँछ । यसले मधुमेह रोगीका लागि समेत धेरै फाइदा गर्छ । रुघाको उपचारका लागि पनि कागती पानी निकै लाभदायक मानिन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १७:०७