सूचनाको शक्ति - The Power Of Information

        

रोबर्टले चपाएर थुकेको चुइङ्गम लिलामीमा, मूल्य ४५ लाख रुपैंयाँ

कलाकारका फ्यानको क्रेज उनीहरुप्रति कति धेरै हुन्छ भन्ने उदाहरण प्रशस्त छन् । हलिउड फिल्म ‘आइरन मेन’ फेम सुपरस्टार रोबर्ट डाउनी जुनियरकै उदाहरण हेरौं । उनको फ्यान विश्वभर अत्याधिक छन् । यिनै रोबर्टका विषयमा एक नयाँ खबर बाहिर आएको छ ।

उनले चपाएर थुकेको चुइङ्गमलाई एक संस्थाले अनलाइन लिलामी गर्न लागेको छ । जसको मूल्य ४५ लाख रुपैंयाँ राखिएको छ । यो प्राथमिक मूल्य रहेकाले अन्तिम मूल्य तत्कालका लागि तोकिएको छैन । ई बेमा यो चुइङ्गम लिलामी हुन लागेको हो ।

चुइङ्गम लिलामीमा बिक्री हुने खबर सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नै किसिमले प्रतिक्रिया दिइरहेका छन् । गत फेब्रुअरी १३ मा अभिनेता तथा निर्माता जोन फेवरोको लस एञ्जल्सस्थित डल्वी थिएटरमा ‘हलिउड वक अफ फेम स्टार’को अनावरण गरिएको थियो ।

त्यही बेला निर्माता फेवरोका साथ रोबर्ट डाउनी जुनियर र इन्टरनेसन शेफ रोय चोई पनि उपस्थित थिए । यही बेला रोबर्टले मुखबाट चुइङ्गम निकाल्दै भुइँमा टासिदिएका थिए । यो देखेका एक फ्यानले चुइङ्गमलाई भुइँबाट टिपेर लिलामीका लागि अनलाइनमा राखिदिएका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १४:५२