सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा बैठक बस्दै : कार्यव्यवस्था समितिमा सदस्य मनोनयन हुँदै

आज प्रतिनिधि सभा बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक अपरान्ह १ बजे बस्नेछ। बैठकमा कार्य व्यवस्था समितिका सदस्यलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देससहितको विधेयक टेबुल हुनेछ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको ६३ औं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको संघीय संसदको महासचिव भरतराज गौतमले जानकारी दिए।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार ०७:३४