भारतमा रोगजारी गरी नेपाल फर्कने नेपालीहरूलाई कोरोना संक्रमण देखिन थालेको छ ।
परीक्षणमा कडाइ गर्दा बाँकेको नेपाल-भारत सीमा जमुनाहा भन्सार नाकाबाट नेपाल प्रवेश गर्नेहरूलाई संक्रमण देखिएको हो ।
नेपाल फर्कनेहरूमा कोरोना संक्रमण बढेसँगै नाकामा परीक्षणको दायरा बढाइएको जमुनाहा नाकाका हेल्थ डेस्क प्रमुख गीता गिरी शाहीले जानकारी दिइन्।
नेपाल फर्कने नेपालीको दैनिक परीक्षणमा कोरोना संक्रमित देखा पर्न थालेसँगै परीक्षणको दायरा पनि बढाएको उनले बताइन्। जमुनाहा नाकामा दैनिक करिब डेढदेखि २ सय जनाको जाँच हुने गरेको उनको भनाइ थियो।
शाहीले चैत महिनामा मात्रै ३० जनामा कोरोना पोजेटिभ देखिएको बताइन्। कोरोना पोजेटिभ देखिएकाहरूमा समान्य लक्षण देखिएकाले उनीहरूलाई आइसोलेसनमा बस्ने सुझाव दिएर घर पठाउने गरिएको प्रमुख शाहीले बताइन्।
सत्यपाटी संवाददाता । बाँके